१८ कात्तिक, रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी सुत्केरी व्यथा लागेकी एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् मङ्गलबार उद्धार गरिएको छ ।
बिहान करिब पौने १० बजे उद्धार गरी उनलाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।
मङ्गलबार बिहान ४ बजे सुत्केरी व्यथा लागेकी महिलालाई स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो ।
स्वास्थ्यकर्मीले जाँच गर्दा अवस्था जटिल भएपछि उद्धारका लागि पहल गेरर सुर्खेत पठाइएको परियारले बताइन् ।
स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टका अनुसार बच्चा जन्मिने समय अझै एक महिना बाँकी रहे पनि अचानक व्यथाले च्यापेपछि अवस्था गम्भीर बनेको थियो । सुत्केरीको पेट फुल्ने, काम्ने र बेहोस हुने लक्षण देखिएको विष्टले बताए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको गरी सुत्केरीलाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।


प्रतिक्रिया 4