News Summary
Generated by OK AI. Editorially reviewed.- नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
- एनएलजी इन्स्योरेन्स कम्पनीले २५ लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेको छ।
- कोषमा हालसम्म जम्मा ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको छ।
१८ कात्तिक, काठमाडौं । दुई बीमा कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
नेपाल सरकारद्वारा स्थापित कोषमा मंगलबार नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँको चेक अर्थमन्त्री रामेश्वर खनाल समक्ष हस्ताक्षर गरेको छ।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो चेक हस्तान्तरण गरे । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
कोषमा आज प्राप्त हुन आएको चेक रकम सहित जम्मा ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4