News Summary
Generated by OK AI. Editorially reviewed.- बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेनलाई २-१ गोलअन्तरले हराएको छ।
- लुइस डियाजले बायर्नका लागि दुवै गोल गरे र पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाए।
- जितपछि बायर्नले ४ खेलमा १२ अंक जोडेर तालिकाको शीर्षस्थानमा पुगेको छ।
१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा सीमित बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।
बायर्नले पीएसजीलाई २-१ गोलअन्तरले हराएको हो । बायर्नको जितमा दुवै गोल लुइस डियाजले गरे । उनले पहिलो हाफको चौथो मिनेटमै गोल गरेका थिए । ३२औं मिनेटमा अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्जुरी समयमा अचरफ हाकिमीमाथि खराब फाउल गरेपछि डियाजले रातो कार्ड पाएका थिए र बायर्न दोस्रो हाफका लागि १० खेलाडीमा सीमित भएको थियो ।
७४औं मिनेटमा जोआओ नेभेसले गोल फर्काएपनि पीएसजीले त्यसपछि गोल गर्न सकेन ।
जितपछि ४ खेलमा १२ अंक जोडेर अपराजित रहेको बायर्न च्याम्पियन्स लिग तालिकाको शीर्षस्थानमा छ । ९ अंक भएको पीएसजी तेस्रोमा छ ।
प्रतिक्रिया 4