+
+
Shares

फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म निर्देशक निश्चल बस्नेतकी ७१ वर्षिया आमा अमृता बुधबार बिहान ११ बजेर ४३ मिनेटमा निधन भएकी छन्।
  • उनले दुई महिनादेखि निमोनियाले पीडित थिइन् र चावहिलस्थित ओम अस्पतालमा उपचार हुँदै आएको थियो।
  • उनको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटमा हुने जनाइएको छ।

काठमाडौँ । फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । उनकी ७१ वर्षिया आमा अमृताको बुधबार बिहान ११ बजेर ४३ मिनेटमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार २ महिनादेखि उनी निमोनियाले पीडित थिइन् । चावहिलस्थित ओम अस्पतालमा उनको उपचार हुँदै आएको थियो ।

साथै, १५ वर्षदेखि मिर्गौलाको डायलासिस पनि गराउँदै आएकी थिइन् । उनको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटमा हुने जनाइएको छ ।

अमृताका दुई छोरी र एक छोरा छन् । छोरा निश्चल चर्चित फिल्म निर्देशक हुन् भने बुहारी स्वस्तिमा खड्का चर्चित फिल्म अभिनेत्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?