+

क्लब ब्रुगसँग बार्सिलोनाको रोमाञ्चक बराबरी

२०८२ कात्तिक  २० गते ७:३९ २०८२ कात्तिक २० गते ७:३९
क्लब ब्रुगसँग बार्सिलोनाको रोमाञ्चक बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २० कात्तिकमा युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र ब्रुगले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।
  • खेलमा बार्सिलोना र ब्रुगले आलोपालो अग्रता लिएपनि अन्तिममा ब्रुगका क्रिस्टोस जोलिसको आत्मघाती गोलले बराबरी ल्यायो।
  • बराबरीपछि बार्सिलोना ४ खेलमा ७ अंकसहित ११औं स्थानमा र ब्रुग ४ अंकसहित २२औं स्थानमा छ।

२० कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र बेल्जियन क्लब ब्रुगले रोमाञ्चक बराबरी खेलेका छन् ।

जान ब्रेडेल स्टेडियममा भएको खेलमा ३-३ गोलको बराबरी भएको हो । खेलमा ब्रुगले तीनपटकसम्म अग्रता लिएपनि अन्तिमको आत्मघाती गोलले बार्सिलोनालाई हारबाट जोगायो ।

खेलको छैटौं मिनेटमा निकोलो ट्रेसोल्डीले गोल गर्दै ब्रुगलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटमै फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल गरे ।

१७औं मिनेटमा कार्लोस फोर्ब्सले गोल गरेपछि ब्रुगले फेरि अग्रता लियो । दोस्रो हाफको ६१औं मिनेटमा लामियन यमालले गोल गर्दै बार्सिलोनालाई फेरि बराबरी दिलाए ।

६३औं मिनेटमा फोर्ब्सले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्रुगले फेरि अग्रता लिएको थियो । ७७औं मिनेटमा ब्रुगक क्रिस्टोस जोलिसबाट आत्मघाती गोल भएपछि खेल बराबरीमा आयो ।

त्यसपछि थप गोल भएनन् र खेल बराबरीमै सकियो । बराबरीपछि ४ खेलमा ७ अंक जोडेको बार्सिलोना ११औं स्थानमा छ । ४ अंकसहित ब्रुग २२औं स्थानमा छ ।

युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय