News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ४-१ गोलअन्तरले हराएको छ।
- फिल फोडेनले दुई गोल गर्दा एर्लिङ हालान्ड र रायन चेर्कीले एक-एक गोल गरे।
- सिटीले ४ खेलमा १० अंक जोडेर चौथो स्थानमा पुगेको छ भने डर्टमुन्ड ७ अंकसहित १४औं स्थानमा छ।
२० कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सहज जित हासिल गरेको छ ।
गएराति घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले बोरुसिया डर्टमुन्डलाई ४-१ गोलअन्तरले हराएको हो ।
सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा एर्लिङ हालान्ड र रायन चेर्कीले १-१ गोल गरे ।
फोडेनले २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा हालान्डले अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ५७औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० ले अगाडि राखे ।
७२औं मिनेटमा डर्टमुन्डका वाल्देमार एन्टनले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि इन्जुरी समयमा चेर्कीले गोल गर्दै सिटीको ४-१ को जित पक्का गरे ।
जितपछि ४ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । ७ अंक भएको डर्टमुन्ड १४औं स्थानमा छ ।
यस्तै गएराति नै भएको खेलमा अर्को इंग्लिस क्लब चेल्सीले काराबागसँग २-२ गोलको बराबरी खेलेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि चेल्सी २-१ ले पछाडि परेको थियो ।
१६औं मिनेटमा इस्तेभाओले गोल गर्दै अग्रता दिलाएका थिए । २९औं मिनेटमा लियान्द्रो आन्डाडेले तथा ३९औं मिनेटमा मार्को यान्कोभिकले गोल गर्दै काराबागलाई अग्रतामा ल्याए ।
५३औं मिनेटमा एलेजेन्द्रो गार्नाचोले गोल गर्दै चेल्सीको हार टारे । बराबरीपछि चेल्सी ४ खेलमा ७ अंकसहित १२औं स्थानमा छ ।
गएराति भएका अन्य खेलमा इन्टर मिलानले काइरातलाई २-१ गोलअन्तरले हराउँदा एट्लान्टाले मार्सेइललाई १-० ले हरायो ।
बायर लेभरकुसनले बेनफिकालाई १-० ले हरायो भने गालातासारेले अयाक्सलाई ३-० ले हरायो । न्युकासलले एथ्लेटिक क्लबलाई २-० ले हरायो ।
प्रतिक्रिया 4