+
+
Shares

हुम्लाको छत्रपाल आधारभूत विद्यालयमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १०:२७

२० कात्तिक, काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालय आगलागी भएको छ । बुधबार राति ८ बजे माथिल्लो तलाको झ्यालबाट आगलागी सुरू भएको थियो ।

अगालागी भएको विद्यालयको भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । विद्यालयको मूल गेटमा रहेको भवनमा अफिस कोठासमेत थियो ।

कार्यालय भवनमा आगालागी हुँदा विद्यायमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।

सोलार एक सेट, २ थान ल्यापटप, २ थान डेस्टप, २ वटा प्रिन्टर, २ वटा दराजलगायतका सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले क्षति थप विवरण आउन बाँकी रहेको बताए ।

तस्वीर : कालिबहादुर थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?