+
+
Shares

वैकल्पिक शक्ति भनेर बाबुराम भट्टराई नेतृत्वले उठाएको मुद्दा नै जेनजीको हो : डा. दुर्गा सोब

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १३:४५

२० कात्तिक, काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महाधिवेशन आयोजक समितिकी संयोजक डा. दुर्गा सोबले वैकल्पिक शक्ति भनेर आफ्नो पार्टीले उठाएका माग नै जेनजीहरूको मुख्य मुद्दा भएको बताएकी छन् ।

राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘हामीले वैकल्पिक शक्ति भनेर जुन मुद्दा उठाएका थियौं, बाबुराम भट्टराई नेतृत्वको त्यही मुद्दालाई जेनजीले उठाएको छ । यसप्रति हाम्रो पार्टी एकदमै सकारात्मक छ । खुसी छौँ । अनि तपाईंहरूको देश र राजनीतिप्रतिको चिन्ताले एकदमै खुसी बनाएको छ । अब साँच्चै देश बनाएको छ भनेर ढुक्क छौँ ।’

जेनजी आन्दोलनपछिको परिवर्तनले आफूहरूलाई खुसी दिलाए पनि उक्त आन्दोलनलाई कसरी संस्थागत गर्ने भन्ने कुराले चिन्तित बनाएको उनले बताइएन् ।

उनले भनिन्, ‘खुसी हुँदाहुँदै पनि यो जेनजी आन्दोलन कसरी संस्थागत गर्ने भनेर चिन्तित छौं । यो आन्दोलनलाई कसरी सस्थागत गर्ने भन्ने चिन्ता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?