News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले नेता कृष्णप्रसाद सिटौलाको विशेष महाधिवेशनको पक्षमा भएको हस्ताक्षरप्रति आपत्ति जनाएका छन्।
- अर्यालले १४ औं महाधिवेशनबाट जितेका प्रतिनिधिको वैधता कायम रहेको र ५४ प्रतिशतले गरेको हस्ताक्षरलाई स्वीकार गर्नुपर्ने बताए।
- उनले मोरङ, ज्ञानेन्द्र, विजय गच्छदार र कोशी प्रदेशमा ५४ देखि ७५ प्रतिशतसम्म हस्ताक्षर भएको तथ्यांक प्रस्तुत गर्दै नेताहरुलाई वेवास्ता नगर्न सुझाव दिए।
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विशेष महाधिवेशनको पक्षमा भएको हस्ताक्षरप्रति नेता कृष्णप्रसाद सिटौलाले राखेको विचारमा आपत्ति जनाएका छन् ।
नेता सिटौलाले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरलाई गलत कार्य भएको उल्लेख गरेका थिए । उनको बोलीप्रति केन्द्रीय सदस्य अर्यालले पार्टी बैठकमा आपत्ति जनाएका हुन् ।
‘विशेष अधिवेशनको लागि जुन सिग्नेचर क्याम्पेनिङ पनि भइरहेको छ । त्यो गलत हो, हुनुहुँदैन । त्यो हस्ताक्षर कसरी गरेर ल्याएका छन् बोल्नुभयो,’ अर्यालले भने,‘कृष्ण दाइ तपाई बोलेकोमा दु:ख लागेको छ । तपाईं जस्तो मान्छेले यस्तो किसिमले बोल्नु हुँदैन ।’
६० प्रतिशत मत दिएर सभापतिलाई जिताउने प्रतिनिधि आफूहरू नै भएको अर्यालले बताए । १४ औं महाधिवेशनबाट जितेर आएका प्रतिनिधिको वैधता कायम रहेको उनले बताए ।
‘यो ५४% ले गरेको हस्ताक्षरलाई स्वीकार गर्न भन्न पाइन्छ? यसको समाधान, निकास र उपाय खोज्नुपर्छ,’ उनले भने । नेता कृष्ण सिटौलाकै क्षेत्रबाट समेत बहुमत प्रतिनिधिले विशेषका लागि हस्ताक्षर गरेको अर्यालले दाबी गरे ।
‘कृष्ण दाइको क्षेत्रबाट ५४ प्रतिशतले हस्ताक्षर गरेर आइसकेको त्यो आँधी त रोकिएन नि । हाम्रो मोरङमा आउँदा खेरि त्यो ५४ प्रतिशतबाट ६४ प्रतिशत पुग्यो । ज्ञानेन्द्र र विजय गच्छदार दाइको क्षेत्रे ७५ प्रतिशतमा पुग्यो । कोशी प्रदेशमा समग्रमा ७४ प्रतिशत पुग्यो,’ अर्यालले बैठकमा आंकडा प्रस्तुत गरे ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर पेलेर जान र वेवास्ता नगर्न नेताहरुलाई उनले सुझाव दिए ।
प्रतिक्रिया 4