+

मिस्टिक माउन्टेन टेनिस : जुनियरमा सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन, सिनियरमा शिभाली र स्वस्तिका फाइनलमा

२०८२ कात्तिक  २० गते २०:०६ २०८२ कात्तिक २० गते २०:०६
मिस्टिक माउन्टेन टेनिस : जुनियरमा सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन, सिनियरमा शिभाली र स्वस्तिका फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा यु–८ र यु–१० वर्गमा स्वर्ण जितेका छन् ।
  • महिला सिंगल्सको फाइनलमा शिभाली गुरुङ र स्विस्तिका विष्ट भिड्ने भएका छन् ।
  • पुरुष सिंगल्समा प्रदिप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र राजविर प्रधान सेमिफाइनल प्रवेश गरे ।

२० कात्तिक, काठमाडौं । सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । सिंगल्सको यु-८ ब्वाइजमा सर्वज्ञ र गर्ल्समा स्वर्णिमा तथा यु–१० गर्ल्समा निम्ति पहिलो भएका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सर्वज्ञले गगन श्रेष्ठलाई १०–७ र १०–७, स्वर्णिमाले वाणी राजभण्डारीलाई १०–६ र १०–७ तथा निम्तिले रजिशा जोशीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे ।

नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगितामा महिला सिंगल्सको उपाधिका लागि शिभाली गुरुङ र स्वस्तिका विष्ट भिड्ने भएका छन् । शिभालीले सुनिरा थापालाई ६–२ र ६–० तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई सीधा सेटमा ६–० र ६–२ ले हराए ।

यस्तै पुरुष सिंगल्समा प्रदीप खड्काले आयुशमान हजुर घलेलाई ६–३ र ६–१, प्रणव मानन्धरले निहालजंगबहादुर थापालाई ६–० र ६–४, निसान श्रेष्ठले सक्षमविक्रम शाहलाई ६–२ र ६–० तथा राजवीर प्रधानले छेवाङ लामालाई ६–० र २–० (रिटायर्ड हर्ट) ले  हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–९ ब्वाइज सिंगल्समा कायान चालिसेले सोनाम घलेलाई ४–२ र ४–० तथा सर्वज्ञले आयान पन्तलाई ४–० र ४–० ले पराजित गर्दै फाइनलमा पुगे । सो स्पर्धाको गर्ल्समा निम्ति कुँवरले साहारा कायश्थलाई ४–० र ४–२ तथा अमिरा गुप्ताले हीरादेवी घलेलाई ४–० र ४–० ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१६ ब्वाइज सिंगल्समा असभसम्राट हाडाले सुरेन्द्र विकलाई ६–२ र ६–० तथा दर्शिल श्रेष्ठले साङ्गे रोकायालाई ६–३ र ६–० ले हराउँदै फाइनलमा स्थान बनाए । यु–१० ब्वाइज सिंगल्समा कायान चालिसेले भिरल अग्रवाललाई ६–२ र ६–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरे ।

यु–१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसे, आरित मल्ल, सभ्यजंग कार्की र विश्वविशेष डल्लाकोटी सेमिफाइनलमा पुगे । सोही स्पर्धाको गर्ल्समा सरा पन्तले स्वराह थापालाई ७–५, ६–७ र ६–३ तथा नाइरा घलेले अनुश्री ध्वजुलाई ६–३ र ६–४ ले हराउदै फाइनलमा पुगेका छन् ।

यु–१४ ब्वाइज सिंगल्समा साङ्गे रोका, आरित मल्ल, वेदान्त चालिसे र युभेनमान श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरे । उक्त स्पर्धाको गर्ल्समा स्वराह थापा, इरा खत्री, आयुशा जिसी र सरा पन्तले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

तस्बिर : महिला सिंगल्समा प्रतिस्पर्धा गर्दै स्वस्तिका विष्ट

मिस्टिक माउन्टेन टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय