+

एन्फा प्रेसिडेन्ट लिगमा काँक्रेविहार र टाइगर्सको जित

२०८२ कात्तिक  २० गते २१:३४ २०८२ कात्तिक २० गते २१:३४
एन्फा प्रेसिडेन्ट लिगमा काँक्रेविहार र टाइगर्सको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको हेटौँडामा भइरहेको एन्फा प्रेसिडेन्ट लिग फुटबलमा कांक्रेविहार युथ क्लबले हैरान्स युथ क्लबलाई ३–२ ले हरायो।
  • टाइगर्स टिमले गाईघाट फुटबल क्लबलाई २–१ ले हराउँदै समूह बी मा दोस्रो जित हात पारेको छ।
  • प्रतियोगितामा १० टोली सहभागी छन् र विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

२० कात्तिक, काठमाडौं । मकवानपुरको हेटौँडामा भइरहेको एन्फा प्रेसिडेन्ट लिग फुटबलमा कांक्रेविहार युथ क्लब र टाएइगर्सले बिहीबार जित हात पारेका छन् ।

हेटौँडास्थित गौरिघाट खेल मैदानमा बिहीबार भएको समूह बी को खेलमा काँक्रेविहार यूथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हरायो । काँक्रेविहारका लागि सुजन बालाम्पाकी मगर, आशिष चापागाँइ र अनीश घर्ती क्षेत्रीले गोल गरे । हैरान्सका लागि समिराज थोकर र विश्व लामाले गोल गरे ।

विजयी टोलीका रोहन कार्की प्लेअर अफ द म्याच घोषित भए ।

यस्तै समूह बी कै खेलमा टाइगर्स टिमले गाईघाट फुटबल क्लबलाई २–१ ले हरायो । टाइगर्सका लागि सुजन लामा र आशिष श्रेष्ठले गोल गरे । गाईघाटका युगन राईले गोल गरे ।

टाइगर्स टिमका सुसन लामा प्लेयर अफ द म्याच घोषित भए ।

मंसिर २ गतेसम्म आयोजना हुने एन्फा प्रेसिडेन्ट लिगमा १० टोलीको सहभागिता छ ।

लिग कम नकआउटको आधारमा सञ्चालन हुने यस प्रतियोगितामा विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । यस्तै उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।

सेमिफाइनल पुग्ने चार टोलीले पुस ९ देखि तय भएको राष्ट्रिय लिगमा स्थान बनाउनेछ ।

एन्फा प्रेसिडेन्ट लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय