+

उसुको विकास र विस्तारका लागि सम्झौता

२०८२ कात्तिक  २० गते २१:४१ २०८२ कात्तिक २० गते २१:४१
उसुको विकास र विस्तारका लागि सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ र नेपालका दुई मार्सल आर्ट अर्गनाइजेसनबीच तीन वर्षका लागि उसु खेल विकास र विस्तार गर्ने सम्झौता भएको छ।
  • सम्झौतामा दुई पक्षले उसु खेलको प्रशिक्षण, इतिहास, दर्शन, खेलकुद चिकित्सा लगायत विषयमा विज्ञ आदानप्रदान गर्ने र संयुक्त प्रतियोगिता आयोजना गर्ने सहमति गरेका छन्।
  • सम्झौताले उसु खेलको विकाससँगै खेल पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र विश्वव्यापी उसु उत्साहीहरूलाई आकर्षित गर्ने उद्देश्य राखेको छ।

२० कात्तिक, काठमाडौं । चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनबीच संयुक्त रुपमा ३ वर्षको लागि उसु खेल विकास र विस्तारका गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा मार्सल आर्ट्स अर्गनाइजेसनका अध्यक्ष राजिव महर्जन र शिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मियाँङ उसु संघका महासचिव लि छिङले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा दुई पक्षबीच उसु खेलको बिकासमा दुबै पक्षले एकआपसमा सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त कार्यक्रममा मियाँङ नगरपालिकाका उप मेयर लि झिन, मियाँङ उसु संघका उपाध्यक्षको उपस्थित रहेको थियो ।

सम्झौता पत्रमा उसु खेलको प्रवर्द्धन र विकास गर्ने उद्देश्यका साथ दुवै पक्षहरूले एक अर्काको देशमा उसु खेलको प्रशिक्षण गर्न/गराउन प्रत्येक बर्ष प्रतिनिधि पठाउने, उसु खेलको इतिहास, दर्शन, प्रशिक्षण विज्ञान र खेलकुद चिकित्सा जस्ता विषयहरूमा गहन छलफल गर्न दुवै पक्षका विज्ञहरू र विद्वानहरूलाई बोलाउने, छोटो अवधिको लागि उसु शिक्षण र प्रशिक्षणको लागि उत्कृष्ट प्रशिक्षकहरूको आदानप्रदान गर्ने, दीर्घकालीन प्रशिक्षणको लागि आशाजनक खेलाडीहरू छनौट गरी प्रशिक्षण गराउन मियाँङ उसु संघले व्यवसायिक प्रशिक्षण स्रोतहरू र प्राविधिक मार्गदर्शन प्रदान गर्ने उल्लेख गरिएको छ ।

दुवै पक्षको प्रभाव बढाउन चीन–नेपाल मैत्रीपुर्ण उसु प्रतियोगिता तथा दुवै देशमा अन्तर्राष्ट्रिय उसु प्रतियोगिताहरुको आयोजना पालैपालो संयुक्त रुपमा आयोजना गर्ने र दुबै पक्षद्वारा आयोजित महत्वपूर्ण प्रतियोगिताहरूमा भाग लिन टोलीहरू पठाउन सहयोग गर्नेुुका साथै उक्त प्रतियोगिताका लागि आवश्यक उसु निर्णायकहरु व्यवस्थापनमा समेत साझेदारी गर्ने सहमति भएको बताइएको छ । उसु खेललाई खेलको रुपमा मात्र नहेरी दुबै देशमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वव्यापी रूपमा उसु उत्साहीहरूलाई आकर्षित गर्न उसु पर्यटन गर्ने । (जस्तै, “चिनियाँ कुङ फु रूट–सीकिंग टुर – नेपाल जेन मार्सल आर्ट अभ्यास टुर“) सम्झौता भएको मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष तथा काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आट्र्स अर्गनाइजेसनका सचिव महर्जनले जानकारी दिए ।

महर्जनले सम्झौताले नेपालको उसु खेलको बिकासमा कोशेढुङ्गाको रुपमा काम गर्ने र खेल पर्यटनको क्षेत्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उसु खेल विकास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय