+
+
Shares

एभरेस्ट बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
  • बैंकको खुद ब्याज आम्दानी २ अर्ब १३ करोडबाट २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।
  • निष्क्रिय कर्जा ०.७७ प्रतिशतबाट ०.७४ प्रतिशतमा घटेको छ र आधार दर ६.५८ प्रतिशतबाट ४.८६ प्रतिशतमा झरेको छ।

२१ कात्तिक, काठमाडौं । एभरेस्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.५ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ । खुद ब्याज आम्दानी पहिले २ अर्ब १३ करोड रहेकोमा अहिले २ अर्ब ४० करोड रुपैयाँ छ ।

लोनलस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य बढेको छ । यस्तो रकम पहिले १० करोड रहेकोमा अहिले ४२ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ ।

यस्तो आम्दानी पहिले ३४.८५ रुपैयाँ रहेकोमा अहिले ३६.४४ रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ छ । असोज मसान्तसम्म वितरणयोग्य नाफा ५ अर्ब ४९ करोड रुपैयाँ छ ।

बैंकको निष्क्रिय कर्जा सामान्य घटेको छ । कुल कर्जामा यस्तो कर्जाको अंश गत वर्षको असोज मसान्तसम्म ०.७७ प्रतिशत रहेकोमा अहिले ०.७४ प्रतिशत छ । आधार दर एक वर्षको अवधिमा ६.५८ बाट घटेर ४.८६ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?