News Summary
Generated by OK AI. Editorially reviewed.- प्राइम कमर्सियल बैंकको असोज मसान्तसम्म वितरणयोग्य नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ।
- चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ।
- बैंकको निष्क्रिय कर्जा कुल कर्जामा ४.८६ प्रतिशतबाट बढेर ५.८६ प्रतिशत पुगेको छ।
२१ कात्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंकको असोज मसान्तसम्म वितरणयोग्य नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।
सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर वितरणयोग्य नाफा १९.६८ रुपैयाँ हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रदान गर्न बाँकी छ । जसले गर्दा वितरणयोग्य नाफा उच्च देखिएको हो ।
बैंकको खुद नाफा सामान्य घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब २८ करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४० करोड रुपैयाँ छ ।
लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य बढेको छ । यस्तो रकम पहिले ४१ करोड रुपैयाँ रहेकोमा अहिले ४८ करोड रुपैयाँ छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५.९४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १७९.३२ रुपैयाँ छ । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा पहिले ४.८६ प्रतिशत रहेकोमा अहिले ५.८६ प्रतिशत छ ।
बजार मूल्य प्रतिकित्ता २४५ रुपैयाँ छ । बैंकको आधार दर एक वर्षको अवधिमा ७.९२ बाट घटेर ६.०८ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया 4