+
+
Shares

सिद्धार्थ बैंकको नाफा १५ प्रतिशत घट्यो, ‘लोन लस प्रोभिजन’ बढ्दा असर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा खुद नाफा १५ प्रतिशत घटेर ३२ करोड ४० लाख रुपैयाँ पुगेको छ।
  • बैंकको लोन लस प्रोभिजन १ अर्ब रुपैयाँबाट १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ जसले नाफामा असर पारेको छ।
  • असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जाको अंश ३.९१ प्रतिशतबाट ३.८० प्रतिशतमा सुधार भएको छ।

२१ कात्तिक, काठमाडौं । सिद्धार्थ बैंकको खुद नाफा १५ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३८ करोड २० लाख रुपैयाँ थियो । बैंकको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्दा नाफामा असर परेको छ । लोन लस प्रोभिजन रकम पहिले १ अर्ब रुपैयाँ रहेकोमा अहिले १ अर्ब ३८ करोड छ ।

खुद ब्याज आम्दानी भने बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ८ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब १६ करोड रुपैयाँ छ । वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले १०.६४ रुपैयाँ रहेकोमा अहिले ९.०३ रुपैयाँ छ ।

बैंकले निष्क्रिय कर्जामा केही सुधार गरेको छ । गत वर्षको असोज मसान्तसम्म निष्क्रिय कर्जाको अंश ३.९१ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ३.८० प्रतिशत छ ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ११.४७ रुपैयाँ हो । बैंकको आधार दर ७.५८ प्रतिशत रहेकोमा अहिले ५.९० मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?