+
+
Shares

संघ र प्रदेशका पदाधिकारीले आज राष्ट्रपति भेट्ने, प्रधानमन्त्री भोलि

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूले कर्मचारी कटौतीको विरोधमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग साढे ३ बजे भेट गर्ने तयारी गरेका छन्।
  • पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्णय फिर्ता गर्न दबाब दिन भोलि संयुक्त रूपमा भेट गर्ने योजना बनाएका छन्।
  • गत १७ कात्तिकमा संघीय संसद्का पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई कर्मचारी र सुविधा कटौती फिर्ता लिन आग्रह गरेका थिए।

२१ कात्तिक, काठमाडौं। कर्मचारी कटौतीको सरकारीपछि असन्तुष्ट संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूले शुक्रबार राष्ट्रपतिसँग भेट गर्ने भएका छन्।

सिंहदरबारमा जारी छलफल सकिएपछि शुक्रबार दिउँसो साढे ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने संघीय संसद् र प्रदेश सभाका पदाधिकारीको तयारी छ।

प्रतिनिधिसभाका सभामुख देवराज रिमालको सचिवालयले राष्ट्रपतिसँग भेटका लागि आज दिउँसो साढे तीन बजेको समय लिइएको जानकारी दियो।

संघीय संसद् र प्रदेश सभाका पदाधिकारीले भोलि प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गर्दैछन्। प्रधानमन्त्रीलाई निर्णय फिर्ताको लागि दबाब दिन संघ र प्रदेशका पदाधिकारीले संयुक्त भेट गर्न लागेका हुन्।

यसअघि गत १७ कात्तिकमा संघीय संसद्का पदाधिकारीले प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए। संघीय संसद्को प्रमुख अंग भएको भन्दै उनीहरूले खर्च कटौतीको नाममा गरिएको कर्मचारी र सुविधा कटौतीको निर्णय फिर्ता लिन आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?