+
+
Shares

राष्ट्रिय सभा सदस्यहरू भन्छन्- अबको एजेन्डा प्रतिनिधिसभा पुनर्स्थापना होइन, चुनाव नै हो

समितिमा संघीय संसद्को आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल भएको छ । बैठकमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी लगायत रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १४:१२

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले अबको एजेन्डा प्रतिनिधिसभाको पुनर्स्थापना नभएर फागुन २१ को चुनाव रहेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनीहरूले यस्तो बताएका हुन् ।

समितिमा संघीय संसद्को आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल भएको छ । बैठकमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी लगायत रहेका छन् ।

जहाँ राष्ट्रिय सभा सदस्यहरूले कतिपय राजनीतिक दलले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिराखेको भनेर त्यता जान उपयुक्त नहुने राय राखेका हुन् ।

राष्ट्रिय सभा सदस्यहरू उदयबहादुर बोहरा, जगप्रसाद शर्मा, मनरुपा शर्मा, बिष्णुकुमारी सापकोटा, गोपी बहादुर सार्की अछामीले चुनावको विकल्प नरहेको बताए ।

‘केही दलबाट पुनर्स्थापनाको कुरा उठाइएको छ’, सांसद बोहराले भने, ‘मलाई लाग्छ– निर्वाचनको विकल्प छैन । पुनर्स्थापनाको मागले मुलुकलाई सही निकास दिन सक्दैन ।’

सांसद मनरुपा शर्माले जेनजीको सहभागीताको लागि समेत चुनाव आवश्यक रहेको बताइन् ।

‘पुनर्स्थापना भनेको सुनिन्छ । तर चुनावको विकल्प छैन, जेनजीको सहभागीताको लागि समेत चुनाव अनिवार्य छ,’ उनले भनिन् ।

सांसद सापकोटाले निर्वाचनमा जान दलहरू तयार रहेको बताइन् ।

राष्ट्रिय सभा सदस्यहरू किरणबाबु श्रेष्ठ लगायतले चुनावको वातावरण बन्नुपर्नेमा जोड दिए । ‘शान्ति सुरक्षा र भयरहित वातावरण बनाउने सरकारको प्रतिबद्धमा निर्वाचन आयोग कति विश्वस्त छ ?,’ उनको प्रश्न छ ।

चुनावको वातावरण बनाउन राजनीतिक दलहरू समेत प्रयत्न गर्नुपर्ने सांसद श्रेष्ठको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?