२२ कात्तिक, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइने पनि बताए । रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्ने जरुरी रहेको उनले बताए ।
‘शासन र सेवाप्रति अपेक्षा बदलिएको छ । हामीले हिजो गर्न सकेनौँ भने अब गर्नुपर्छ । नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ । रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्छ । यसभित्र रहेर नीति निर्माण गर्नुपर्छ,’ उनले भने, ‘आन्तरिक रोजगारी बढाउने र विदेश जानुपर्ने बाध्यता कम गर्दै जानुपर्छ । शान्ति सुरक्षा विस्तारै लयमा आइरहेको छ । विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइन्छ । युवा केन्द्रित आर्थिक रणनीति अपनाउनुपर्छ ।’
आन्तरिक रोजगारी बढाउने र विदेश जानुपर्ने बाध्यता कम गद लैजानुपर्ने उनको भनाइ थियो । युवाको आकंक्षा र राज्यको क्षमताबीचमा ठूलो अन्तर रहेको बताउँदै यसबारे आम नागरिकलाई बुझाउन जरुरी रहेको उनको भनाइ थियो । शासन र सेवाप्रति अपेक्षा बदलिएकाले अब विगतमा गर्न नसकिएका कुराहरु गर्न जरुरी रहेको पनि उनले बताए ।
‘यहाँहरूले ढुक्क भएर काम गर्नुहोला । जेन जी आन्दोलनको सन्देश युवाको आकंक्षा र राज्यको क्षमताबीचमा अन्तर छ । यो कुरा बताउनुपर्छ । अनावश्यक यसो र उसो गर्छौं किन्न भन्नु, क्षमता छैन । हाम्रो क्षमता के हो त्यो बताउनुपर्छ,’ उनले भने, ‘युवाहरूको आकंक्षा बढी भयो, सिंगापुर बनाउने कुरा भयो । सिंगापुर कसरी बन्यो भन्नेकुरा स्टार्ट गर्नुपर्छ । युवाको आकंक्षा र क्षमताबीचको अन्तरमा ठूलो ग्याप छ । परिवर्तन प्रत्येक दिन गरिरहनुपर्छ । युवाहरुले दिएको सन्देशलाई मनन गर्नुपर्छ ।’
मुख्यसचिव अर्यालले नेपालको विकासको मोडल फरक हुनुपर्ने बताए ।
प्रतिक्रिया 4