+

बंगलादेश र मलेसियासँग खेल्ने नेपालको २३ सदस्यीय टोली घोषणा

२०८२ कात्तिक  २२ गते १६:३४ २०८२ कात्तिक २२ गते १६:३४
बंगलादेश र मलेसियासँग खेल्ने नेपालको २३ सदस्यीय टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फुटबल टोलीको २३ सदस्यीय अन्तिम टोली किरण चेम्जोङको कप्तानीमा घोषणा भएको छ।
  • नेपालले १३ नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण खेल र १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोट खेल खेल्नेछ।
  • हरि खड्का मुख्य प्रशिक्षक नियुक्त भएका छन् भने बालगोपाल साहुखल र चेतन घिमिरे सहायक प्रशिक्षक नियुक्त भएका छन्।

२२ कात्तिक, काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोट खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरि खड्काले शनिबार किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीबाट २३ सदस्यीय टोली फाइनल भएको हो ।

नेपालले १३ नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ भने १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दै छ ।

यसअघि म्याट रोसको राजीनामापछि हरि खड्का प्रशिक्षक नियुक्त भएका छन् भने सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन् ।

नेपालको अन्तिम टोली : किरण चेम्जोङ (कप्तान), अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ

नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय