News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा टोटनहाम र म्यान्चेस्टर युनाइटेडबीच २-२ को बराबरी खेल भएको छ।
- खेलको ३२औं मिनेटमा ब्रायन एमबेउमोले युनाइटेडलाई अग्रता दिलाएका थिए।
- इन्जुरी समयमा म्याथिस डे लिग्टले गोल गरेपछि युनाइटेडले हारबाट जोगिएको छ।
२२ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहाम र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । शनिबार बेलुकी भएको खेल २-२ को बराबरीमा सकिएको हो ।
खेलमा सुरुवाती अग्रता युनाइटेडले लिएको थियो । खेलको अन्त्यतिर टोटनहामले बराबरी गोल फर्काएर अग्रता पनि लिएपछि युनाइटेडले अन्तिममा फेरि बराबरी गरेको हो ।
खेलको ३२औं मिनेटमा ब्रायन एमबेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । अधिकांश समय अग्रता नै कायम राखेको युनाइटेडले अन्त्यतिर लय गुमायो ।
८४औं मिनेटमा म्याथिस तेलले टोटनहामका लागि बराबरी गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाए ।
इन्जुरी समयको छैटौं मिनेटमा म्याथिस डे लिग्टले गोल गरेपछि युनाइटेड हारबाट जोगियो
प्रतिक्रिया 4