+
+
Shares

दिल्लीको हावा ‘धेरै खराब’, एक्यूआई ४०० नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्लीमा आइतबार बिहान ७ बजे हावाको गुणस्तर 'धेरै खराब' श्रेणीमा पुगेर औसत एक्यूआई ३९१ रेकर्ड गरिएको छ।
  • केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ र बवानामा ४३६ रेकर्ड गरिएको छ।
  • चाँदनी चोकमा एक्यूआई ४०९, आरके पुरममा ४२२ र पटपडगञ्जमा ४२५ हावाको गुणस्तर मापन गरिएको छ।

२३ कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा आइतबार हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो ।

यी तथ्याङ्कहरू केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का हुन्।

बीबीसी हिन्दीका अनुसार, दिल्लीमा धेरै यस्ता इलाकाहरू छन् जहाँ प्रदूषणको स्तर निकै चिन्ताजनक छ र एक्यूआई ४०० भन्दा माथि पुगेको छ।

सीपीसीबीका अनुसार, आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ र बवानामा सबैभन्दा बढी ४३६ रेकर्ड गरिएको छ ।

यसबाहेक, चाँदनी चोकमा एक्यूआई ४०९ रहँदा आरके पुरम र पटपडगञ्जमा क्रमशः ४२२ र ४२५ रेकर्ड गरिएको छ।

यसभन्दा अघि शनिबार पनि दिल्लीमा हावाको गुणस्तर बिहान ‘धेरै खराब’ श्रेणीमा थियो। बिहान ८ बजे दिल्लीको औसत एक्यूआई ३५५ रेकर्ड गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?