News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रविन्द्र गुप्ताले ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटमा अम्पायरिङ गर्ने भएका छन्।
- गुप्ताले नोभेम्बर १४ मा भारतबाट श्रीलंका जानेछन् र भारत र पाकिस्तान बीचको खेलमा अम्पायरिङ गर्ने छन्।
- नेपालसहित सात देशले पहिलो पटक आयोजना हुन लागेको ब्लाइन्ड महिला विश्वकपमा सहभागिता जनाउने छन्।
२३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रविन्द्र गुप्ताले ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटमा अम्पायरिङ गर्ने भएका छन्।
उनी भाेली भारत प्रस्थान गर्दैछन् भने भारतबाट नै १४ नाेभेम्बरमा श्रीलंका जानेछन्। प्रतियोगिताको उद्घाटन खेल नाेभेम्वर ११ मा भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्बर २३ मा हुनेछ ।
नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्याण्डले पहिलो पटक आयोजना हुन लागेको ब्लाइन्ड महिला विश्वकपमा सहभागिता जनाउने छन् ।
गुप्ता नेपालबाट सिनियर टालीकाे विश्वकपकाे खेल खेलाउने नेपालकाे पहिलाे अम्पायर बनेका छन्। यसअघि उनले विभिन्न प्रतियोगितामा अम्पायरकाे भूमिका निर्वाह गरिसकेका छन्।
उनले श्रीलंकामा हुने यस विश्वकपकाे भारत र पाकिस्तान बिचकाे खेलकाे पनि अम्पायरिङ गर्ने छन्।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उनी यस्तो जिम्मेवारी सम्हाल्ने पहिलो व्यक्तिहरूमध्ये पर्छन्। यस नियुक्तिलाई नेपाली क्रिकेट जगतका लागि गौरवको विषयका रूपमा हेरिएको छ।
प्रतिक्रिया 4