+
+
Shares

राप्रपा केन्द्रीय समिति बैठक सर्‍यो, २४ मंसिरमा बस्ने

२७-२८ कात्तिकका लागि तोकिएको केन्द्रीय कार्यसमितिको बैठक आगामी २४-२५ मंसिरका लागि सारिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १७:४०
फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

राप्रपाले आज विज्ञप्ति जारी गर्दै २७-२८ कात्तिकका लागि तोकिएको केन्द्रीय कार्यसमितिको बैठक आगामी २४-२५ मंसिरका लागि सारिएको जानकारी गराएको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देन र दुइ पूर्व अध्यक्षहरू पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसँगको आपसी परामर्शपछि केन्द्रीय समितिको बैठक सारिएको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

पार्टी हितविपरीत सञ्चारमाध्यममा अभिव्यक्ति नदिने सहमति दुई पूर्वअध्यक्ष जबरा र लोहनीबीच भएपछि बैठक सारिएको स्रोतले बताएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार, मिल्ने मिलाउने प्रयास गर्ने र पार्टी हित विपरीत कुनै भेलासमेत नगर्ने सहमति उनीहरूबीच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?