+
+
Shares

जनार्दनसँग कुनै स्टेसनमा फेरि भेट हुनेछ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १८:३६

२३ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनार्दन शर्मासँग फेरि भेट हुने बताएका छन् ।

निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका थिए । त्यसक्रममा पत्रकारहरूले ‘जर्नादन शर्मालाई कहाँ छोडिदिनुभयो ?’ भनेर सोधेका थिए ।

नेता वर्षमानले जवाफ दिए, ‘जनार्दन, घनश्याम (भुसाल)जीहरू हामीसँगै हुनुहुन्छ । कम्युनिस्ट आन्दोलनको एउटा घुम्तीमै हुनुहुन्छ । हामी मूल बाटो लाग्यौं । उहाँहरू घुम्तीतिर केही कुरामा अलमलिनुभएको जस्तो लाग्छ ।’

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले एकतामा आउन अपिल गरेको स्मरण गर्दै उनले थपे, ‘रेल छुटेको हो । बिभिन्न स्टेटसनमा रोक्दै नयाँ प्यासेन्जर पनि लिएर हिँड्ने भएको हुनाले अर्को स्टेसनसम्म उहाँहरू आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

एउटा स्टेसनमा नभेटे अर्को स्टेसन र त्यसमा पनि नभेटे अर्को स्टेसनमा भेट हुने उनको अपेक्षा छ ।

रेल भन्नुको अर्थक्रान्ति भएको उल्लेख गर्दै उनले क्रान्तीका क्रममा सबैसँग भेट हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?