+

प्रिमियर लिगमा लिभरपुलमाथि सिटीको प्रभावशाली जित

२०८२ कात्तिक  २४ गते ७:४० २०८२ कात्तिक २४ गते ७:४०
प्रिमियर लिगमा लिभरपुलमाथि सिटीको प्रभावशाली जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले लिभरपुललाई ३-० ले हराएको छ।
  • सिटीका एर्लिङ हालान्ड, निको गोन्जालेज र जेरेमी डोकुले एकएक गोल गरे।
  • सिटी २२ अंकसहित दोस्रो र लिभरपुल १८ अंकसहित आठौं स्थानमा छन्।

२४ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले लिभरपुलमाथि प्रभावशाली जित निकालेको छ ।

घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिभरपुललाई ३-० ले हराएको हो । सिटीको जितमा एर्लिङ हालान्ड, निको गोन्जालेज र जेरेमी डोकुले १-१ गोल गरे ।

खेलको २९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा निकोले गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६३औं मिनेटमा डोकुले गोल गरेपछि सिटीको ३-० को जित पक्का भयो ।

जितपछि ११ खेलमा २२ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुल १८ अंकका साथ आठौं स्थानमा झरेको छ ।

गएराति नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले न्युकासललाई ३-१ ले हराउँदा नोटिङहाम फरेस्टले पनि लिड्स युनाइटेडविरुद्ध समान अन्तरको जित निकाल्यो ।

एस्टन भिल्लाले बर्नमाउथमाथि ४-० को जित निकाल्यो । क्रिस्टल प्यालेस र ब्राइटनले गोलरहित बराबरी खेले ।

इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर सिटी लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय