News Summary
Generated by OK AI. Editorially reviewed.- रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टा भिगोलाई ४-२ ले पराजित गरेको छ।
- यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी ३ मा झारेको छ।
- लेवान्डोस्कीले १०औं, ३७औं र ७३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका थिए।
२४ कात्तिक, काठमाडौं । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा गएराति सेल्टा भिगोलाई ४-२ ले पराजित गरेको छ ।
यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी ३ मा झारेको छ । बार्सिलोनाले जित्नुअघि राभो भालेकानोसँग गोलरहित बराबरी खेलेको रियलको ११ खेलबाट ३१ अंक छ ।
समान खेलबाट बार्सिलोना २८ अंक जोडेर दोस्रो स्थानमा उक्लेको हो । सेल्टाको मैदानमा भएको खेलमा पोलिस स्ट्राइकर लेवान्डोस्कीले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यसको एक मिनेट पछि नै सर्जियो कारेइराले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए । तर लेवान्डोस्कीले ३७औं मिनेटमा गोल गर्दै फेरि बार्सिलोनालाई अग्रता दिलाए ।
बोर्जा इग्लेसिसले ४३औं मिनेटमा सेल्टाका लागि गोल गर्दै खेल २-२ को अवस्थामा पुर्याए । त्यसपछि लामिन यामलले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए ।
पहिलो हाफमा ५ गोल भएको खेलमा दोस्रो हाफमा एक गोल मात्र भयो । लेवान्डोस्कीले ७३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने बार्सिलोनालाई ४-२ को जित दिलाए । लेवान्डोस्कीको दुई गोलमा मार्कुस रासफोर्डले असिस्ट गरेका थिए ।
प्रतिक्रिया 4