२४ कात्तिक, काठमाडौं । मुख्यमन्त्री नियुक्तिको विवादमा मधेश प्रदेशकी प्रदेश प्रमुखको कार्यकक्षमा पनि तोडफोड भएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले तोडफोड गरेका हुन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरू समेत तोडफोड गरिएको छ । उनीहरूले प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी जारी राखेका छन् ।
अस्वस्थ भएर उपचारका लागि काठमाडौं हिंडेकी प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले यादवलाई बर्दिबासको एक होटलमा शपथ गराएकी थिइन् ।
यसअघि मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि तोडफोड भएको छ ।

प्रतिक्रिया 4