News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाली फिल्म निर्देशक कलानी गाकोनको फिल्म 'यस्तै रैछ'मा नेपाली अभिनेत्री थिन्ले ल्हामो र संगीतकर्मी सुशान्त केसीले अभिनय गरेका छन्।
- सुशान्त केसीको डेब्यू अभिनय रहेको छोटो फिल्मको टिजर सार्वजनिक भएको छ र यसमा नेवारी समुदायका पात्रको भूमिका देखाइएको छ।
- फिल्मको कथा एउटा म्युजिक भिडियोबाट सुरु भएर पूर्ण फिल्म बनेको हो र यसलाई सुशान्त केसीको कम्पनी एसकेसी स्टुडियोले निर्माण गरेको छ।
काठमाडौं । नेपालमा बस्दै आएका अस्ट्रेलियाली फिल्म निर्देशक कलानी गाकोनको फिल्ममा दुई नेपाली स्टारलाई देख्न पाइने भएको छ ।
गाकोन निर्देशित छोटो फिल्म ‘यस्तै रैछ’को टिजर रिलिज भएको छ । जहाँ, बर्लिनमा विश्व प्रिमियर भएको फिल्म ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामो र संगीतकर्मी सुशान्त केसीले अभिनय गरेका छन् ।
केसीले केही दिनअघि प्रशंसकलाई केही नयाँ चीज आउने बताएका थिए । त्यसको भोलिपल्ट उक्त फिल्मको टिजर सार्वजनिक भएको हो । यो छोटो फिल्म सुशान्तको डेब्यू अभिनय हो ।
टिजरमा पनि सुशान्तको डेब्यू अभिनय फिल्म रहेको उल्लेख गरिएको छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । नदी किनारमा बसेर प्रेमिल गफ गरिरहेका दुई युवायुवतीको संवादलाई चित्रण गरिएको छ ।
संवादअनुसार, सुशान्तले फिल्ममा नेवारी समुदायका एक पात्रको भूमिका निर्वाह गरेका छन् ।
टिजर सेयर गर्दै सुशान्तले लेखेका छन्, ‘ यस्तै रैछको कथा एउटा म्युजिक भिडियोको रूपमा सुरु भएको थियो, तर यसमा धेरै मन अडिएको थियो । त्यसैले हामीले एउटा फिल्म पनि बनायौं। । अविश्वसनीय रूपमा प्रतिभाशाली थिन्ले ल्हामोसँग स्क्रिन साझा गर्न पाउँदा आभारी छु ।’
यो फिल्मको निर्माण एसकेसी स्टुडियोले गरेको हो । उक्त कम्पनी सुशान्त केसीको फिल्म कम्पनी हो ।
टिजर हेर्नूस :
View this post on Instagram
प्रतिक्रिया 4