News Summary
Generated by OK AI. Editorially reviewed.- अफगानिस्तानका पूर्वकप्तान गुल्बादिन नाइब लुम्बिनी लायन्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्।
- नाइबले अफगानिस्तानका लागि १६७ अन्तर्राष्ट्रिय खेल खेल्दा २३०० भन्दा बढी रन बनाएका छन् र १०१ विकेट लिएका छन्।
- लुम्बिनी लायन्सले मंसिर १ देखि सुरु हुने एनपीएल दोस्रो संस्करणका लागि विदेशी खेलाडी र प्रशिक्षकहरू अनुबन्ध गरेको छ।
२४ कात्तिक, काठमाडौं । अफगानिस्तानका पूर्वकप्तान गुल्बादिन नाइबले लुम्बिनी लायन्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
लुम्बिनी लायन्सले सोमबार नाइबलाई अनुबन्ध गरेको जानकारी गराएको हो । नाइब हालै सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा पनि अफगानिस्तानको कप्तानी गर्दै खेलेका थिए ।
हाल पनि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय रहेका ३४ वर्षीय नाइबले अफगानिस्तानका लागि १६७ अन्तर्राष्ट्रिय खेल खेल्दा २३०० भन्दा बढी रन बनाएका छन् ।
उनले समग्र टी-२० मा १७० खेल खेल्दा २५०० भन्दा धेरै रन बनाउँदा १०१ विकेट पनि लिएका छन् ।
उनले भारतको आईपीएलसँगै अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र आईएलटी-२० जस्ता फ्रेन्चाइज प्रतियोगिताहरू खेलेका छन् ।
नाइबको अनुबन्धले टिमको मध्यक्रम सन्तुलित हुने लायन्सको विश्वास छ । लुम्बिनी लायन्सका मुख्य प्रशिक्ष टिन योहान्नान भन्छन्, ‘हामी लुम्बिनी लायन्समा गुल्बादीन नाइबलाई स्वागत गर्न पाउँदा अत्यन्त उत्साहित छौं । धेरै अनुभव र उर्जाका साथ उनले आफूलाई म्याच विनरको रुपमा प्रमाणित गरिसकेका छन् । उनको उपस्थितिले हाम्रो टोलीमा गहिराइ र शक्ति थप्नेछ । साथै उनले मैदानभित्र र बाहिर दुवै स्थानमा टोलीलाई प्रेरित गर्नेछन् भन्ने हामी विश्वस्त छौं । उनलाई लायन्सको जर्सीमा देख्न हामी उत्साहित छाैं।’
लुम्बिनीले यसअघि अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राकालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । प्रशिक्षकमा भारतका टिनु योहान्नानलाई भित्र्याएको थियो भने मेन्टरमा आईपीएल विजेता प्रशिक्षक रोबिन सिंहलाई ल्याएको थियो ।
लुम्बिनी लायन्सले मार्की रोहित पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारीलाई रिटेन गरेको थियो भने दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान र विशाल पटेललाई अक्सनबाट अनुबन्ध गरेको थियो ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।
प्रतिक्रिया 4