+

समर डेफलिम्पिक्समा सहभागी हुन जुडो टोली जापान जाँदै

२०८२ कात्तिक  २४ गते १७:३३ २०८२ कात्तिक २४ गते १७:३३
समर डेफलिम्पिक्समा सहभागी हुन जुडो टोली जापान जाँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली जुडो टोली समर डेफलिम्पिक्समा सहभागी हुन नोभेम्बर १५ देखि २६ सम्म जापानको टोकियो जाने भएको छ।
  • पुरुष ६० केजीमा लक्की चौधरी र महिला ५२ केजीमा सुष्मा तामाङले डेफलिम्पिक्सको जुडोमा नेपाल प्रतिनिधित्व गर्ने छन्।
  • राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष ध्रुव आचार्यले टोलीलाई बिदाइ गरेका छन् र नेपालले अन्य खेलमा पनि सहभागिता जनाउने छ।

२४ कात्तिक, काठमाडौं । समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली मंगलबार जापानको टोकियो जाने भएको छ । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्सको जुडोमा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने छन् । जुडो नोभेम्बर १६ देखि सुरु हुनेछ ।

टोली प्रमुखमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठ, व्यवस्थापकमा रोजिना श्रेष्ठ र प्रशिक्षकमा सन्जित डंगोल रहेका छन् । घरमा शोक परेका कारण प्रशिक्षक डंगोल भने नोभेम्बर १४ तारिखमा जापान जाने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामीलगायतको उपस्थिति रहेको थियो ।

डेफलिम्पिक्समा नेपालले जुडो बाहेक कराते, एथलेटिक्स, तेक्वान्दो, ब्याडमिन्टन र टेबलटेनिसमा पनि सहभागिता जानाउने छ ।

नेपाली जुडो टोली समर डेफलिम्पिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय