+
+
Shares
बक्सअफिस :

जेरी अन टप, वरिष्ठ बलराम, मैझारो, सोल्टिनीको कमाइ कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विल्सनविक्रम राई निर्देशित फिल्म ‘मैझारो’ले घरेलु बक्सअफिसमा १ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ।
  • अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले ११ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको छ।
  • दयाहाङ राई स्टारर ‘वरिष्ठ बलराम’ले २ करोड ५६ लाख रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । विल्सनविक्रम राई निर्देशित फिल्म ‘मैझारो’ले घरेलु बक्सअफिसमा १ करोड नेरु ग्रसको आँकडा पार गरेको छ ।

फिल्मले अहिलेसम्म १ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्मको कमाइको विवरण सोमबार सार्वजनिक गरेको छ ।

अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ ले सोही अवधिसम्म ११ करोड ७१ लाख नेरु ग्रस कमाएको छ ।

दयाहाङ राई स्टारर ‘वरिष्ठ बलराम’ले २ करोड ५६ लाख नेरु ग्रस कमाएको छ ।

प्रकाश सपुत अभिनित ‘सोल्टिनी’को लाइफटाइम कलेक्सन २९ लाख रुपैयाँ मात्र छ ।

‘परान’ले प्रदर्शनको नवौं दिन शनिबारसम्म ३ करोड ७१ लाख नेरु ग्रस कमाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?