+

बार्बिडियन क्रिकेटर रेमोन रेइफरले पोखराबाटै एनपीएल खेल्ने

२०८२ कात्तिक  २४ गते २१:२३ २०८२ कात्तिक २४ गते २१:२३
बार्बिडियन क्रिकेटर रेमोन रेइफरले पोखराबाटै एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्बडोसका बलिङ अलराउन्डर रेमोन रेइफर दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।
  • पोखराले सामाजिक सञ्जालमा रेइफरलाई दोस्रो संस्करणमा पनि निरन्तरता दिएको जनाएको छ।
  • रेइफरले १०१ फर्स्ट क्लास खेलमा ३९८९ रन र १९८ विकेट लिएका छन् भने ९३ टी२० खेलमा ११२४ रन र ६६ विकेट लिएका छन्।

२४ कात्तिक, काठमाडौं । बार्बडोसका बलिङ अलराउन्डर रेमोन रेइफरले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि पोखरा एभेन्जर्सबाटै खेल्ने भएका छन् ।

पोखराले सोमबार सामाजिक सञ्जालमा पोस्ट राख्दै रेइफरलाई दोस्रो संस्करणमा पनि निरन्तरता दिएको जनाएको हो ।

३४ वर्षीय बाँबाँयाहाते अलराउण्डर रेइफरले सिनियर टोलीबाट धेरै खेल खेलेका छैनन् तरपनि फर्स्ट क्लास र लिस्ट ए खेलबाट राम्रो छाप छाडेका छन् ।

उनले १०१ फर्स्ट क्लास खेल खेल्दा ३९८९ रन बनाएका छन् भने १९८ विकेट पनि लिएका छन् । त्यस्तै सबैखाले टी२० ९३ खेल खेल्दा ११२४ रन बनाएका छन् भने ६६ विकेट पनि लिएका छन् ।

उनले क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र इन्टरनेशनल लिग टी२० जस्ता प्रतियोगिताहरू खेलेका छन् ।

पोखराले यसअघि इंग्लिस विकेटकिपर एडम रोसिङटनलाई मात्र अनुबन्ध गरेको छ ।

रेमोन रेइफर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय