+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्याउने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते ८:४६

२५ कात्तिक, काठमाडौं । नाम, जन्ममिति सहित व्यक्तिगत घटनाका विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुलेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेसँगै नाम, जन्ममिति, विवाह दर्ता लगायतका विवरण सच्याउन पाउने बाटो खुलेको हो ।

यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा थप प्रष्टता नभएकाले सहजीकरण गर्ने सन्दर्भमा नियमावली संशोधन गरिएको हो ।

‘एकपटक संशोधन गर्न पाउने भनेर ऐनमा भएको व्यवस्थालाई कसरी कार्यान्वयन गर्ने भनेर संशोधित नियमावलीमा व्याख्या गरिएको छ,’ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सानुबाबु अधिकारीले अनलाइनखबरसँग भने, ‘अब जजसको नाम, ठेगाना, जन्मदर्ता, विवाह, मृत्यु, विवाह दर्ता, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता भएका विवरण बिग्रिएको छ, उहाँहरुले एकपटकलाई संशोधन गर्न पाउनुहुन्छ ।’

मन्त्रिपरिषदले नियमावली संशोधन गरिसकेकाले अब राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन सुरु हुने अधिकारीले बताए ।

नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक-फरक विवरण भएकाले पनि अब एकपटकलाई सच्याउन पाउने छन् । व्यक्तिगत घटना विवरण दर्ता गर्न वा सच्याउने काम वडा कार्यालयले गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?