काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँदिल्लीमा भएको विस्फोटबाट स्तब्ध र दु:खी भएको बताएकी छन् ।
उनले विस्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।
सोमबार बेलुकी नयाँदिल्लीको लालकिल्ला नजिकको मेट्रो रेल स्टेसनमा एक कारमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
प्रधानमन्त्री कार्कीले यस दु:खको घडीमा नेपाल भारतको साथमा रहेको पनि बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4