+
+
Shares

पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना

ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १२:१९

२५ कात्तिक, काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मंगलवार एक कार्यक्रमबीच सो प्रणालीको शुभारम्भ गरेका हुन् ।

आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यले सो प्रणाली जडान गरिएको मेयर महर्जनले बताए ।

उनले सो प्रणाली परीक्षणको रूपमा सञ्चालनमा ल्याएको र त्यसले प्रभावकारी ढंगले काम गरे ललितपुरको सबै चोकहरूमा जडान गर्ने योजना रहेको पनि जानकारी दिए ।

त्यस अवसरमा मेयर महर्जनले मुलुकका सबै नगरपालिकाहरूले भन्दा ललितपुर महानगरपालिकाले विपद्‍को क्षेत्रमा अब्बल तरिकाले काम गरेको दाबी समेत गरे ।

ललितपुर महानगरपालिकाले यसअघि नै विपद् कालमा गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?