+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १३:५९

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ ।

मंगलबार मध्यान्हबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, लगायत सहमहामन्त्री, केन्द्रीय सदस्यहरू रहेका छन् ।

पार्टी महामन्त्री थापा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग र महाधिवेशनका लागि कार्यतालिका प्रश्तुत गर्न नदिएपछि केही बैठकहरुमा उपस्थित भएका थिएनन् । तर महाधिवेशन कार्यतालिका प्रश्तुत गर्न दिने सहमतिपछि यसअघिको बैठकमा उपस्थित भएका थिए ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर गएपछि पार्टीका निर्णयहरु हुन सकेका छैनन् । एक पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेलामा अर्को पक्ष नियमित महाधिवेशन हुनुपर्ने तर निर्वाचन अघि हुन नहुने पक्षमा छन् ।

केन्द्रीय समितिको बैठकमा संसद पुन:स्थापना, निर्वाचन, विशेष महाधिवेशन लगायत समसामयिक राजनीतिक विषयहरूमा आफ्ना धारणा राख्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?