+
+
Shares

आईएमई लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न, प्रतिवेदन पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएमई लिमिटेडले २५ औं वार्षिक साधारण सभा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न गरेको छ।
  • अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित भएको बताए।
  • आईएमईलाई कम्पिलिट फाइनान्सियल सोलुसन्सको रूपमा विकास गर्ने नीति लिइने अध्यक्ष ढकालले खुलाएका छन्।

२५ कात्तिक, काठमाडौं । आईएमई लिमिटेडले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपले पारित भएको छ ।

सभामा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा परिचित बनाउन प्रत्येक्ष तथा अप्रत्येक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

अध्यक्ष ढकालले २५ औँ वर्षमा व्यावसायिक हिस्सा विस्तार गर्दै नयाँ प्रविधि एवम् रणनीतिका साथ आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता जनाए ।

आईएमईलाई ‘कम्पिलिट फाइनान्सियल सोलुसन्स’को रूपमा विकास गर्ने नीति लिइने अध्यक्ष ढकालले बताए ।

सभामा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्‍याई लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण रहेको बताए ।

प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउँदै लैजाने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?