News Summary
Generated by OK AI. Editorially reviewed.- वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण कात्तिक २६ देखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पुनः सञ्चालन हुँदैछ।
- प्रतियोगिता गत २० भदौदेखि पोखरामा सुरु भएको थियो र जेनजी आन्दोलनका कारण बीचमा स्थगित भएको थियो।
- ललितपुर क्विन्स र कर्णाली यशविसले अपराजित तीन खेल जितेका छन् र आजको खेल जित्दा फाइनलमा स्थान बनाउनेछन्।
२६ कात्तिक, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका बाँकी खेलहरू आजदेखि पुन: सञ्चालन हुँदैछन् ।
गत २० भदौदेखि पोखरामा सुरु भएको दोस्रो संस्करणको प्रतियोगिता जेनजी आन्दोलनका कारण बीचमै स्थगित भएको थियो ।
प्रतियोगिता आजदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु हुन लागेको हो । आयोजक ईन्फिनिटी ड्रिम्सले आइतबार खेलतालिका पनि सार्वजनिक गरिसकेको छ ।
लिगको १६ मध्ये ९ खेल सम्पन्न भइसकेको छ । अब फाइनलसहितका बाँकी ७ खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् ।
आजको पहिलो खेलमा दिउँसो ३ बजे कर्णाली यशविस र मधेश युनाइटेड खेल्ने छन् । आजै साँझ ५ बजे ललितपुर क्वीन्स र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ ।
६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगितामा ललितपुर क्विन्स र कर्णाली यशविसले सुरुवाती तीन खेल जितेर अपराजित छन् ।
आजको खेल जित्दै दुवैलाई एक खेल अघि नै फाइनलमा स्थान बनाउने अवसर छ । शीर्ष दुईमा रहने टोली फाइनल पुग्ने प्रावधान छ ।

प्रतिक्रिया 4