+
+
Shares

झापामा एक शिक्षकमाथि नक्कली प्रमाणपत्र प्रयोगको अभियोग, विशेष अदालतमा मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयका शिक्षक देवी निरौलामाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
  • निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्डबाट जारी नक्कली १० कक्षाको प्रमाणपत्र पेस गरी २०७५ साल चैत २८ गते स्थायी शिक्षक नियुक्ति लिएको आयोगले जनाएको छ।
  • अख्तियारले निरौलामाथि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको सजाय मागसहित मुद्दा चलाएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

२६ कात्तिक, काठमाडौं । झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलामाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोग लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गेरर अध्यापन गराइरहेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको मध्यमा तह (१० कक्षा) को परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेस गरी स्थायी नियुक्ति लिएको पाइएको अख्तियारको दाबी छ ।

उनले वि.सं. २०५५ सालमा अस्थायी शिक्षकका रूपमा नियुक्त लिइ २०७५ साल चैत २८ गते स्थायी नियुक्ति पाएको विवरणमा उल्लेख छ ।

अनुसन्धानबाट उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षकका रूपमा दीर्घकालसम्म अध्यापन गर्दै तलब–भत्ता लगायतका सरकारी सुविधा लिएको प्रमाणित भएको आयोगको ठहर छ ।

निरौलाले गैरकानुनी रूपमा सेवामा सक्रिय भएर अनुचित लाभ लिएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको निष्कर्ष निकालेको छ ।

निरौलामाथि कैद र जरिवानाको सजाय मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?