+
+
Shares

कम्युनिष्ट एकता चुनाव जित्न होइन, राष्ट्र बचाउन गरिएको हो: प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरूबीचको एकता राष्ट्र बचाउने ऐतिहासिक आवश्यकताको कारण गरिएको बताएका छन्।
  • प्रचण्डले पार्टी एकता चुनाव जित्नका लागि रणनीतिक रुपमा मात्र गरिएको एकता नभएको दावी गर्दै देश असाधारण संकटमा रहेको उल्लेख गरे।
  • उनले राष्ट्रको सार्वभौमिकता र जनताको आत्मनिर्णयको अधिकार जोगाउन कम्युनिस्ट एकता अत्यावश्यक भएको चर्चा गरे।

२६ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरूबीचको एकता राष्ट्र बचाउने ऐतिहासिक आवश्यकताको कारण गरिएको बताएका छन्।

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै प्रचण्डले पार्टी एकता चुनाव जित्नका लागि रणनीतिक रुपमा मात्र गरिएको एकता नभएको दावी गरे।

‘मैले भन्दै आएको छु, सुगौली सन्धियताको स्थिति हेर्दा देश असाधारण संकटमा छ। त्यसकारण यो एकता कुनै रणनीतिक एकता होइन,’ उनले भने, ‘चुनाव जित्नका लागि तत्काल गरिहालौं न भनेर गरिएको एकता होइन। राष्ट्र बचाउनु पर्ने ऐतिहासिक आवश्यकताको कारण यो एकता प्रक्रिया अगाडि बढाउनैपर्छ भन्ने संकल्प लिएका हौं।’

उनले राष्ट्रको सार्वभौमिकता र जनताको आत्मनिर्णयको अधिकार जोगाउन कम्युनिस्ट एकता अत्यावश्यक भएको चर्चा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?