+

बंगलादेशसँग खेल्न नेपाल तयार : प्रशिक्षक खड्का

२०८२ कात्तिक  २६ गते २१:५२ २०८२ कात्तिक २६ गते २१:५२
बंगलादेशसँग खेल्न नेपाल तयार : प्रशिक्षक खड्का

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोली तयार भएको बताएका छन्।
  • खड्काले हम्जा चौधरी खेल्दा बंगलादेश सन्तुलित हुने तर नेपाल डराउने नभएको बताए।
  • नेपाल र बंगलादेशबीचको खेल २७ कात्तिक साँझ पौने ८ बजे ढाकामा सुरु हुनेछ।

२६ कात्तिक, काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली तयार भएको बताएका छन् ।

खेलअघि बुधबार आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा प्रशिक्षक खड्काले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने बताएका हुन् ।

बंगलादेशी टिमले यस खेलमा भने हम्जा चौधरीलाई खेलाउँदै छ । नेपालमा भएको मैत्रीपूर्ण खेलमा भने उनी टोलीमा थिएनन् ।

हम्जा खेल्नेबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै खड्काले भने, ‘हम्जा खेल्नाले बंगलादेशलाई अझै सन्तुलित बनाउँछ । तर हामी डराउँदैनौं, किनभने फुटबलमा व्यक्तिगत भन्दा पनि टिम गेम हेरिन्छ।’

खड्काले विपक्षीको बलियो र कमजोर पक्षको विश्लेषण गरिएको बताउँदै हम्जाको उपस्थिति हुँदा बंगलादेशसँग त्यसैअनुरुपको रणनीतिले खेल्ने उल्लेख गरे ।

यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि बंगलादेशसँगको खेल प्रतिस्पर्धात्मक हुने बताउँदै जितका लागि खेल्ने बताए । उनले यस खेलबाट मलेसियासँगको एसियन कप छनोट खेललाई मद्दत पुग्ने टिप्पणी गरे।

यसअघि गत भदौमा नेपालमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । दुई खेल हुने तय भएपनि जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

नेपाल र बंगलादेशबीचको खेल बिहीबार साँझ पौने ८ बजेदेखि ढाकामा सुरु हुनेछ ।

नेपालले यसपछि नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दैछ ।

नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय