+
+
Shares

रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते ९:४६

२७ कात्तिक, बुटवल। पहाडी भेगमा पाइने किङ कोब्रा ( राज गोमन) तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ ।

रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको हो ।

यसअघि नदेखेको निकै लामो र ठूलो सर्प देखेपछि राना परिवारले सर्प उद्धारकर्तालाई खबर गरेका थिए । सर्प उद्धारकर्ता विशाल पाण्डेका अनुसार चरङ्गेमा भेटिएको किंग कोब्रा १२ फिट ३ इन्च लम्बाइ र ७ किलो २०० ग्रामको रहेको छ ।

सर्प उद्धारकर्ता विशालको नेतृत्वमा बुटवल स्नेक रेस्क्युर टिमका नवीन पौडेल, सागर पाण्डे, विश्वास पाण्डेलगायतले तीन घण्टाको मिहिनेतमा  किंग कोब्रा समाएका थिए ।

किङ कोब्रालाई उद्धार गरिसकेपछि डिभिजन वन कार्यालयको रोहरबरमा सर्जमिन गरी जिल्लाकै घना जंगल क्षेत्र सुरक्षित वासस्थानमा छोडिएको देवदह-१० का वडाअध्यक्ष एकबहादुर सुनारले बताए ।

नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा छिटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै वहस सुरु गरेका छन् ।

अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई डसेको जानकारी नभएको विज्ञहरू बताउँछन् । नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्राको संख्या अत्यन्त न्यून रहेको र यसले आहाराका रूपमा अन्य प्रजातिको सर्प खाने उद्धारकर्ता नवीन पौडेलले बताए ।

१४ वर्षअघि बुटवलको फूलबारीमा मृत अवस्थाको एउटा किङ कोब्रा फेला परेको थियो ।

विशाल पाण्डेको टिमले यो वर्ष वैशाख महिनायता रुपन्देहीको तिलोत्तमास्थित एक घरबाट एकैपटक २३ वटा अति विषालु कमन कोब्रा, ६ वटा रसल्स भाइपरसहित ४०० बढी विषालु सर्पको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएर  छोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?