+
+
Shares

अर्को जिल्लाबाट मतदान गर्न दिनेबारे छलफलमा सरकार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १३:४९

२७ कात्तिक, काठमाडौं । सरकारले अर्को निर्वाचन क्षेत्र वा जिल्लाबाट समेत मतदान गर्न दिन सकिन्छ कि भनेर छलफल र अध्ययन सुरु गरेको छ ।

देशभित्रै विभिन्न कारणले सम्बन्धित मतदान केन्द्रमा पुग्न नसक्नेलाई सम्बोधन गर्न सकिन्छ भन्नेमा रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

‘अन्डर कन्सिट्वान्सी (अन्तर निर्वाचन क्षेत्र) बाट मतदान गर्न दिन सकिन्छ कि भनेर सरकार अध्ययनमा छ’, गृहमन्त्री अर्यालले राष्ट्रिय सभा अन्तरगतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीसहित निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलमा समेत यो विषय उठेको थियो । प्रधानमन्त्री कार्कीले नै अन्तरजिल्ला मतदान व्यवस्था गर्न कति सम्भव छ भनेर चासो राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?