+
+
Shares

६८ लागे हरिवंश, भन्छन् : पूर्णविराम नलगाइकन काम गर्छु

उनले जवाफ दिए : नो पूर्णविराम ! अहिलेसम्म कुनै पनि चीजको पूर्णविराम भएको छैन । अब पनि पूर्णविराम नलगाइकन काम गर्ने । शरिरले सुकञ्जेल गर्ने, नसके छोड्ने ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मदनकृष्ण श्रेष्ठले ६८ वर्ष पुगेका हरिवंश आचार्यलाई जन्मदिनमा 'मेरो प्यारो भाई, मेरो मुटुको टुक्रा' भन्दै शुभकामना दिएका छन्।
  • हरिवंश आचार्यले आफ्नो जीवनमा पूर्णविराम नलगाई कलाकारितालाई निरन्तरता दिने अठोट व्यक्त गरेका छन्।
  • हरिवंशले नयाँ फिल्मको तयारी गरिरहेका छन् र जेठमा काभ्रेको शंखुस्थित घरमा ५०/६० वटा विरुवा रोप्ने योजना बनाएका छन्।

‘मेरो प्यारो भाई, मेरो मुटुको टुक्रा’

विहिबार बिहानै मदनकृष्ण श्रेष्ठले उनका अनन्य मित्र  हरिवंश आचार्यलाई जन्मदिनको शुभकामना दिँदै फोनमा भनेका वाक्य हुन् यी ।

सामाजिक सञ्जालमा पनि उनले लेखेका छन् : अरबौँ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे । म मन मिल्ने मान्छे भेट्दा जिन्दगी भरि माया गरी राख्ने मान्छे ।’

विहिबारदेखि ६८ वर्ष टेकेका हरिवंशले फोनमा मदनकृष्णले भनेका कुरा सम्झिँदै अनलाइनखबरलाई भने, ‘मदनदाईले फोन गरेर : मेरो प्यारो भाई, मेरो मुटुको टुक्रा भन्नुभो । मलाई दाईले आशीर्वाद दिनुभयो । फोनबाट ढोगेंँ भने । विस गर्नुभयो ।’

उठ्ने वित्तिकै हरिवंश केही मन्दिरमा गए र पूजाआजा गरे । श्रीमती, छोराबुहारी र नातिनीले उपहार दिए ।

हामीले उनलाई सोध्यौं ? बितेको जीवनलाई कसरी हेर्नुहुन्छ ?

उनले जवाफ दिए : नो पूर्णविराम ! अहिलेसम्म कुनै पनि चीजको पूर्णविराम भएको छैन । अब पनि पूर्णविराम नलगाइकन काम गर्ने । शरिरले सुकञ्जेल गर्ने, नसके छोड्ने ।’

आगामी दिनमा सकेसम्म कलाकारितालाई नै निरन्तरता दिने हरिवंशको अठोट छ । ‘सकेसम्म यही काम गर्ने । काम नगरे रोगी भइन्छ मान्छे’ उनी सुनिए ।

यो उमेरमा पनि हरिवंश हट्टाकट्टा छन् । फिल्म पनि धमाधम गरिरहेका छन् । उनको पछिल्लो हिट फिल्म थियो– हरिबहादुरको जुत्ता । पुसको दोस्रो सातादेखि ‘पाँच पाण्डव’ गर्दैछन् । अन्य स्क्रिप्ट पनि हेरिरहेका छन् ।

छोरा मोहितवंश र निर्देशक सरोज ओलीसँगको नयाँ फिल्म अर्को वर्षदेखि गर्ने तयारी छ ।

काभ्रेको शंखुस्थित पुख्र्यौली घरमा आउने जेठमा ५०/६० वटा विरुवा रोप्ने उनको तयारी छ । पोहोर रोपेका एभोकाडो मृगले खाइदिएपछि हरिवंश अब बाँस र बगनबेलीका विरुवा रोप्दैछन् ।

हरिवंशलाई जन्मदिनको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?