News Summary
Generated by OK AI. Editorially reviewed.- भोजपुरका किसानले दशैं–तिहारपछि धान थन्काउने र भण्डारण गर्ने काममा व्यस्तता बढाएका छन्।
- वर्षातका कारण केही क्षति पुगे पनि बाँकी धान थन्काउने काम भइरहेको छ, किसानले बताए।
- बेमैसमी वर्षा र रोगकीराले अघिल्लो वर्षको तुलनामा धान उत्पादन घट्ने अनुमान गरिएको छ।
२७ कात्तिक, भोजपुर। भोजपुरका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन्।
दशैं–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ।
बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन्।
केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन्।
भोजपुर नगरपालिका–५ का किसान भिमसेन फुयालले भने, ‘हामी किसान अहिले धान धन्काउने काममा व्यस्त छौँ। केही समयमा अघिको वर्षाले ढिला भयो तर अहिले मौसम खुल्दा राहत महसुस गरेका छौँ। अर्मपर्म गरेर आ–आफ्नो खेतको धान थन्काउने काम जुटेका छौँ।’
वर्षातका कारण धानबालीमा केही क्षति पुगेको भए पनि बाँकी बाली भण्डारण गर्ने काम भईरहेको स्थानीय कृषक कमला थापाले बताए। ‘वर्षातले धानबाली केहि क्षति पुग्यो’उनले भने, ‘तर जे बाँकी छ, त्यसलाई थन्काउजे काममा गरिरहेका छौँ।अहिले धान थन्काउने हाम्रो मुख्य काम बनेको छ।’
बेमैसमी वर्षा, रोग कीराको समस्याका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ। धान यहाँका किसानको प्रमुख अन्नबाली हो । जिल्लाका नौ वटै स्थानीय तहमा धानको खेती हुने गरेको छ ।
प्रतिक्रिया 4