+
+
Shares

जेनजी आन्दोलनमा विराटनगर महानगरपालिकामा साढे ९८ करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा गत भदौ २४ गते आगजनी, तोडफोड र लुटपाट हुँदा ९८ करोड ६३ लाखभन्दा बढीको क्षति भएको छ।
  • महानगरपालिकाको प्रशासनिक भवन, वडा कार्यालय, सवारीसाधन र मेसिनरी उपकरण नष्ट हुँदा ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ बराबरको क्षति भएको मेयर नागेश कोइरालाले बताए।
  • आगजनीले प्रशासनिक भवनका सम्पूर्ण कागजात नष्ट हुँदा सेवा प्रवाहमा समस्या आएको र भवन मर्मत भइरहेको महानगरपालिकाले जनाएको छ।

२७ कात्तिक, विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी, तोडफोड र लुटपाट हुँदा विराटनगर महानगरपालिकामा मात्रै ९८ करोड ६३ लाख भन्दा बढीको क्षति भएको छ ।

महानगरपालिकाको प्रशासनिक भवन, वडा कार्यालय, सवारीसाधन र मेसिनरी उपकरण नष्ट हुँदा ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ बराबरको क्षति भएको हो ।

महानगरपालिकाका मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जेनजी आन्दोलनमा महानगरको प्रशासनिक भवन ध्वस्त भएको थियो । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८,९, १०, ११, १२ र १९ नम्बर वडामा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

महानगरपालिकामा रहेको स्काभेटर, शववाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्दलगायत सामग्री नष्ट हुँदा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ बराबरको क्षति भएको छ । वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताए ।

आगजनीबाट विराटनगर महानगरपालिकाको प्रशासनिक भवनमा रहेका सम्पूर्ण कागजात नष्ट भएको थियो । अराजक समूहले महत्वपूर्ण कागजात रहेको कोठा खोजीखोजी आगजनी गरेका थिए । महानगरको घरनक्सा, राजस्व र नागरिकको सेवा प्रवाहसँग जोडिएका अन्य कागजत नष्ट हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

प्रशासनिक भवन र वडा कार्यालयहरूमा आगजनी भएका कारण महानगरपालिकाले टेन्टमार्फत सेवा प्रवाह गरेको थियो । कार्यालय सञ्चालनका लागि भवन मर्मत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?