+
+
Shares

माइतीघरमा आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १३:३८

२६ कात्तिक, काठमाडौं ।  स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले माइतीघर मण्डलामा आमरण अनशन बसेका यादव सिंहलाई आज भेट गरेकी छन् ।

जेनजी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने भन्दै सिंह माइतीघरमा आमरण अनशन बसिरहेका छन् ।

उनलाई भेट्न स्वास्थ्यमन्त्री शर्मा आज माइतीघर पुगेकी हुन् । मन्त्री शर्माले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी छन् ।

जेनजी आन्दोलनको माग पूरा गराउन दबाब दिने उद्देश्यले २६ कात्तिकदेखि सिंहले माइतीघरमा आमरण अनशन सुरु गरेको हुन् ।

जेनजीले २३ भदौको गरेको शान्तिपूर्ण आन्दोलनमा गोली हानी हत्या गर्न बाध्य पार्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी फौजदारी कानुन बमोजिम सामूहिक हत्याका मुद्धामा कारबाही अगाडि बढाउन उनले माग राखेका छन् ।

साथै उनले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने, जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्ने माग राखेका छन् ।

यसैगरी राजनीतिक पद र प्रशासनिक ओहोदामा बसी अकूत आर्जन गर्नेलाई भ्रष्टाचारजन्य कसुरको दायरामा ल्याउन उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने माग उनले राखेका छन् ।

यसैगरी अदालतका न्यायाधीशहरूको सम्पत्ति छानबिन र कारबाहीका लागि न्याय परिषद् मार्फत छानबिन आयोग गठन गर्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?