+
+
Shares

रामचरणलाई चुनौती दिने आश्माको डान्स : जान्ह्वी कपुरले पनि गरिन् सेयर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आश्मा विश्वकर्माले दक्षिण भारतीय तेलुगु फिल्म 'पेड्डी' को गीत 'चिकरी चिकरी' मा दमदार प्रस्तुति दिएकी छिन्।
  • टिकटकमा आश्माको 'चिकरी चिकरी' गीतलाई ७ लाख ३५ हजारभन्दा धेरैले लाइक गरेका छन् भने १६ हजारले कमेन्ट गरेका छन्।
  • आश्माको यो गीतलाई बलिउड गायिका दीपा झादेखि नेपाली अभिनेत्री प्रियंका कार्कीले प्रशंसा गरेका छन्।

काठमाडौं । आश्मा विश्वकर्मा कुशल नृत्यांगना भएको कुरा सबैलाई थाहा छ । आफ्नो ऊर्जाशिल नृत्यको कारण उनी प्रशंसकमाझ चर्चित पनि छिन् ।

पछिल्लो साता उनलाई चर्चा दिलाउने काम गरेको छ भाइरल गीत ‘चिकरी चिकरी’ ले । रामचरण स्टारर दक्षिण भारतीय तेलुगु फिल्म ‘पेड्डी’ मा समावेश यो गीत अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ ।

यो चर्चाबीच आश्माले उक्त गीतमा दमदार प्रस्तुति दिएर यतिबेला प्रशंसकको मन जितेकी छिन् । साउथ इन्डियन अन्दाजमा आश्माले ऊर्जाशिल डान्ससँगै अभिनेता रामचरणको डान्सलाई चुनौति दिएको देख्न सकिन्छ ।

मुखमा बिँडी र उस्तै ड्रेसअप । आश्माले ‘चिकरी चिकरी’को मूल गीतको कोरियोग्राफीभन्दा अझै सानदार ढंगले पर्फमेन्स गरेको प्रशंसा टिकटक र रिल्समा भैरहेको छ । टिकटकमा यो गीतको इन्गेजमेन्ट गजबको देखिन्छ ।

टिकटकमा ७ लाख ३५ हजारभन्दा धेरैले गीतलाई लाइक गरेका छन् भने १६ हजारले कमेन्ट गरेका छन् । ४४ हजारले फेभरेटको लिस्टमा राखेका छन् भने ३३ हजारले सेयर गरेका छन् ।

रिल्समा मात्र १ करोड ६५ लाखभन्दा धेरैले हेरेका छन् भने १० हजार सेयर छ । ५ लाख ४६ हजारले लाइक गरेका छन् भने १९ हजार कमेन्ट छ ।

आश्माले युट्युबको सर्ट्समा पनि गीत राखेकी छिन्, जहाँ यसलाई झण्डै ४० लाख पटक हेरिएको छ । सोसल मिडियाको यो इन्गेजमेन्ट अभूतपूर्व हो ।

सेलिब्रेटीदेखि सर्वसाधारणले आश्माको यो गीतलाई निकै रुचाएको देखिन्छ । बलिउड गायिका दीपा झादेखि नेपाली अभिनेत्री प्रियंका कार्कीसम्मले आश्माको यो भाइरल गीतको प्रशंसा गरेका छन् ।

‘पेडी’ अभिनेत्री जान्ह्वी कपुर र फिल्मको अफिसियल पृष्ठले आश्माको गीतलाई इन्स्टाग्राममा सेयर गरेका छन् ।

आफूले रामचरण र अभिनेत्री जानकीको सोसल मिडिया पोस्ट देखेपछि भिडियो बनाउन मन लागेको आश्माले बताइन् । ‘मलाई त्यो गीतको कम्प्लेक्सिटी मनपर्‍यो । स्टेप पनि राम्रो लाग्यो । प्राक्टिस गरेँ । भाई सुरोज अधिकारीले सम्पादनमा सहयोग गर्नुभयो’ शुक्रबार दिउँसो आश्माले भनिन् ।

आश्माको उक्त गीतलाई दहचोकको स्विटजरल्याण्ड पार्कमा खिचिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?