News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'ऊनको स्विटर' भारतमा ५ मंसिरदेखि दार्जिलिङ, सिलिगुढी, गान्तोक, आसाम र दिल्लीमा प्रदर्शनमा आउनेछ।
- फिल्मको भारत प्रिमियर नोभेम्बर २० मा सिक्किममा हुनेछ र नेपालबाट विपिन कार्की, एलेक्स पारस र निर्देशक नवीन चौहान सहभागी हुनेछन्।
- नेपालमा यो फिल्म वैशाख २६ गते रिलिज भएको थियो र यसले ११ करोड ४१ लाख रुपैयाँ नेरु ग्रस कमाएको थियो।
काठमाडौं । नेपाली बक्सअफिसमा साढे ११ करोड नेरु ग्रस कमाएको फिल्म ‘ऊनको स्विटर’ अब भारतमा रिलिज हुने भएको छ ।
आर्टमान्डूले निर्माण गरेको फिल्मलाई भारतमा एसली प्रोडक्सनले रिलिज गर्न लागेको हो । प्रेषित वक्तव्यअनुसार, यो फिल्म ५ मंसिर, शुक्रबार (नोभेम्बर २१)देखि भारतमा प्रदर्शनमा आउनेछ ।
नेपालीभाषी बहुल क्षेत्रहरू दार्जिलिङ, सिलिगुढी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानका हलमा फिल्म प्रदर्शन गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
हिमाली क्षेत्रका नेपालीभाषी तथा नेपाली समुदाय नजिक रहेका भारतीय दर्शकलाई लक्षित गर्दै यी स्थानलाई प्राथमिकता दिइएको बताइएको छ । फिल्ममा अभिनेत्री मिरुना मगरले सिक्किमबाट नेपाल आएकी पात्रको भूमिका निर्वाह गरेकी छन् ।
फिल्मको भारत प्रिमियर नोभेम्बर २० मा सिक्किममा हुनेछ । प्रिमियरमा नेपालबाट अभिनेता विपिन कार्की र एलेक्स पारससहित गायक सुजन चापागाईँ र निर्देशक नवीन चौहान सहभागी हुने जनाइएको छ ।
नेपालमा यो फिल्म गत वैशाख २६ गते रिलिज भएको थियो । फिल्मको नेपालको कूल कमाइ ११ करोड ४१ लाख रुपैयाँ नेरु ग्रस थियो ।
प्रतिक्रिया 4