२८ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेर बेलायती राजदूत फेनले गृहमन्त्री अर्यालसँग शिष्टाचार भेट गरेका हुन् ।
राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल र जेनजी विद्रोहपछिको सङ्क्रमणकालिन अवस्थालाई सामान्य बनाउने सरकार र गृहमन्त्री अर्यालले खेलेको भूमिकाबारे कुराकानी भएको थियो ।
राजदूत फेनले नेपालमा हुन गइरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने बताएका गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत फेनले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण दुईपक्षीय सम्बन्ध सधैं प्रगाढ रहिरहने प्रतिबद्धता राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4